Sajhamanch Archive

मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

काठमाडौँ । बिहीबार राति नयाँ बसपार्कस्थित बिजी मल अगाडि विपरित दिशाबाट आउँदै गरेको मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालकाअनुसार ट्रकको ठक्करबाट मृत्यु हुनेमा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढा रहेका छन् ।

ठक्करपछि गम्भीर घाइते भएका एकको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अर्काको को वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको लम्सालले बताए ।

गोंगबु चोकबाट बालाजु जाँदै गरेको बा२ख ५४ ८४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

डीएसपी लम्सालका अनुसार ट्रक चालक र ट्रक प्रहरीको नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *