Sajhamanch Archive

चट्याङले लागेर दुई जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

रोल्पा । रोल्पामा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ।

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी २१ वर्षीया आशा बुढा र ७५ वर्षीया खिरमाली बाँठाको मृत्यु भएको रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए।

घरमै बसेको समयमा बिहान सवा ११ बजेतिर चट्याङले हानेपछि उनीहरू दुबै अचेत भएका थिए।

डिएसपी गुरुङका अनुसार अचेत अवस्थाका दुबै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रेउघामा लगिएको थियो। दिउँसो तीन बजेतिर उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी गुरुङले बताए ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *