Sajhamanch Archive

क्‍वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ, मृतकको संख्या ७ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दैलेख । दैलेखमा क्‍वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार बिहान ज्यान गुमाएका ती ४० वर्षीय पुरुषमा जुम्लामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर दुल्लुस्थित क्‍वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका–११ का ४० वर्षीय पुरुष थिए। भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्‍वारेन्टाइनमा बस्दै आएका थिए। मुत्यु भएका यूवाको कोरोना परिक्षणका लागि ३ दिन अगाडि स्वाब संकलन गरि परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। त्यहीँ गरिएको परीक्षणबाट ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको दुल्लु अस्पताल दैलेखकी प्रमुख डा।पूजा बिसीले बताइन्। गम्भीर बिरामी परेका उनलाई अस्पताल लगिएको थिएन।

सिकिस्त भएपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले क्‍वारेन्टाइनमा आएर चेकजाँच गरेका थिए। तर बिरामी उनलाई अस्पताल लगेर उपचार नगरिँदा ज्यान गुमाउन पुगेका छन्। क्‍वारेन्टाइनमा बेहोस भएपछि त्यहीँ उनको उपचार गरिएको थियो। डा. बिसीका अनुसार उनको क्‍वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान मुत्यु भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *