Sajhamanch Archive

चट्याङले एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

धनकुटा । महालक्ष्मी नगरपालिका–५ लेगुवामा शुक्रबार साँझ चट्याङले लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा करिब ३० वर्षीय भिमबहादुर राई रहेको प्रहरीले जनाएको छ। घरमा बसिरहेका बेला करिब ६ बजेतिर हावाहुरीसँगै परेको चट्याङ लागेर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *