Sajhamanch Archive

लिपुलेक विवाद समाधान गर्न दुवै देश वार्तामा बस्नुपर्छ : भारतीय रक्षा मन्त्री सिंह

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताबाट नै समाधान गरिने बताएका छन् ।

भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वातामा उनले लिपुलेकलगायत क्षेत्रमा देखिएको सीमा विवाद वार्ताबाट नै समाधान गरिने बताएका हुन् ।

‘लिपुलेकको विषयमा नेपालसँग केही असमझदारी उत्पन्न भएको छ, जसलाई वार्ताको माध्यमबाट समाधान गर्न सकिन्छ’, आजतकसँगको अन्तर्वार्तामा राजनाथ सिंहले भने । सीमा विवादको विषयमा दुवै देश वार्ताा बस्नुरपर्ने उनले बताए ।

साथै उनले चीनसँगको सीमा विवादमा पनि वार्ताबाटै समाधान खोज्ने बताएका छन् । भारत कसैसँग पनि विवाद र युद्ध नचाहने उनको धारणा छ ।

गएको वैशाख २६ गते भारतीय रक्षा मन्त्री सिंहले दिल्लीबाट भिडियो कन्फ्ररेन्समार्फत नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको मानसरोवर जाने सडकको उद्घाटन गरेयता यो विषयले चर्चा पाइरहेको छ ।

त्यसलगत्तै नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर नयाँ अद्यावधिक राजनैतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

भारतले भने नेपालको नयाँ नक्सा आफूलाई मान्य नहुने बताउँदै आइरहेको छ । नेपाल–भारत सीमा विवादलाई लिएर दुवै देशबीच वार्ताको माध्यमबाट समाधान खोजिनुपर्नेमा दुवै देशका प्रबुद्ध व्यक्तिहरुले जोड दिँदै आएका छन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *