Sajhamanch Archive

संविधान संशोधन विधेयक संसदमा पेश

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं  । सरकारले संविधान संशोधन बिधेयक आज ९आइतबार० संसदमा पेश गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले आइतबार संसद बैठकमा सो विधेयक पेश गरेकी हुन् ।

सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर अध्यावधिक गरेको नयाँ नक्शा जारी गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अंकित नक्शालाई पनि सोहिअनुसार परिमार्जन गर्न संविधानको दोश्रो संशोधन गर्न लागेको हो ।

यसअघि जेठ १४ गते संसदको कार्यसूचीमा राखेपछि पनि नेपाली कांग्रेसले सो विषयमा पार्टीमा छलफल गर्न समय माग गरेपछि सूचीबाट हटाइएको थियो ।

शनिबार नेपाली कांग्रेसले संशोधनको पक्षमा मत हाल्ने निर्णय गरेको छ ।

कांग्रेसद्वारा संविधान संशोधनका पक्षमा मतदान गर्न निर्देशन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालको संविधानको अनुसूची—३ मा संशोधन गर्न संघीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार राति अबेरसम्म भएको बैठकले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुराबाट बग्ने काली ९महाकाली० पूर्वको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको दोहोर्‍याउँदै सो निर्णय गरेको हो ।

सरकारले हालै ती भूभाग समावेश गरी जारी गरेको नेपालको नयाँ नक्शानुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको निशान छापभित्र अंकित नक्शालाई नेपालको वास्तविक सीमानुरुप मिलाउन यही जेठ ९ गते संसद्मा ‘नेपालको संविधान ९दोस्रो संशोधन०, २०७७’ विधेयक दर्ता गराएको थियो ।

कांग्रेसले विगतमा आफ्नो पार्टी नेतृत्वका सरकारहरुले भारतीय पक्षसँग भएको हरेक औपचारिक–अनौपचारिक वार्तामा सो भूभागका सम्बन्धमा स्पष्ट धारणा राख्दै आएको समेत अवगत गराएको छ ।

बैठकले पार्टी सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको सरकारले अघिल्लो संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्नसमेत संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *