Sajhamanch Archive

चुरोट छाड्नसाथ शरीरमा कस्तो प्रभाव पर्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by .

मानौं तपाईं चुरोटको अम्मली हुनुहुन्छ । फुर्सदको क्षण कटाउन होस् वा कामको दिक्दारीबाट उम्कन, चुरोट तान्नुहुन्छ । क्षण क्षणमै चुरोटको तलतल लाग्छ ।

के तपाईं सधैभन्दा कम चुरोट सेवन गर्न सक्नुहुन्छ ? दिनमा चार–पाँच पटक चुरोट सेवन गरिरहनुभएको छ भने यसको संख्या दुई वा एकमा झार्न सक्नुहुन्छ ? यसैगरी अर्को दिन एक, त्यसपछि दुई दिनमा एक ।

जब यसरी क्रमस चुरोट छाड्ने संकल्प गर्नुहुन्छ, तपाईंले आफैभित्र केही परिवर्तन पाउनुहुन्छ ।

१ घण्टापछि

चुरोट सेवन गर्न छाडेको एक घण्टापछि शरीरले निकोटिनको माग गर्छ । यस क्रममा आलस्यता, निन्द्रा, चिन्ता र भोक लाग्ने जस्ता समस्या हुन्छ ।

१२ घण्टापछि

चुरोट  छाडेको १२ घण्टापछि शरीरमा कार्बन मोनोअक्साइडको लेभल क्रमस कम हुन थाल्छ । यसले रगतमा अक्जिनको लेभल सामन्य बनाउन मद्दत मिल्छ र शरीरको कार्यसंचालन ठीक ढंगले हुन थाल्छ ।

२४ घण्टापछि

यसबेला शरीरमा निकोटिनको लेभल कम हुन थाल्छ । त्यसैले बेचैन अनुभव हुन सक्छ ।

४८ घण्टा पछि

चुरोट छाडेको ४८ घण्टापछिट शरीरको ब्रोन्कियल ट्युबलाई आरम मिल्छ । यसले इनर्जी लेभल बढाउन सहयोग गर्छ ।

तीन दिनपछि

धुमपान छाडेको तीन दिनपछि शरीरबाट निकोटिन पूर्ण रुपमा बाहिर निस्कन्छ । यस क्रममा टाउको दुख्ने, बेचैन हुने, पसीना आउने, चिन्ता हुने जस्ता समस्या देखिन सक्छ ।

२ हप्तापछि

२ हप्तापछि रक्त प्रवाह पूर्ण रुपमा सामन्य हुन्छ । शरीरबाट ९० प्रतिशत निकोटिन बाहिर निस्कन्छ । फोक्सोले सहि ढंगले काम गर्न थाल्छ ।

नौ महिनापछि

धुमपान छाडेको ९ महिनापछि फोक्सोको सबै बिकार बाहिर निस्कन्छ । सास लिनमा कुनैपनि किसिमको समस्या हुँदैन ।

एकबर्ष पछि

धुमपान छोडेको एक बर्षपछि मुटुको रोग हुने खतरा ५० प्रतिशतसम्म कम हुन्छ ।

पाँच बर्षपछि

धुमपान छाडेको पाँच बर्षपछि मुटु र फोक्सो सामन्य अवस्था आउँछ । अर्थात धुमपान नगर्ने व्यक्तिको जस्तै हुन्छ । यस्तोमा मुटुको रोग र क्यान्सरको आशंका कम हुन्छ ।

चुरोटको लत कसरी हटाउने ?

– चुरोटको लत हटाउनका लागि सबैभन्दा पहिला त आफु प्रतिवद्ध हुनुपर्छ । चुरोटको कारण हुनसक्ने संभावित खतरालाई मनन गरेर चुरोट छाड्ने प्रण गर्नुपर्छ ।

– जतिबेला तपाई चुरोट सल्काउन सुरु गर्नुहुन्छ, यसका नकारात्मक असरलाई गहिरोगरी केलाउने प्रयास गर्नुहोस् ।

-माहौल र सरसंगतले पनि चुरोटको लतमा बढवा दिइरहेको हुन्छ । त्यसैले जहाँ चुरोट सेवन गर्न प्रतिकुल हुन्छ, त्यस्तै माहौलमा बस्नुहोस् ।

– दैनिक तालिका यस्तो बनाउनुहोस्, जसले तपाईलाई चुरोट खाने फुर्सद नमिलोस् । केहि हप्ता वा एक महिनासम्म त्यस्तो दिनचर्या पछ्याउनु भयो भने  चुरोटको लत छुट्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *