Sajhamanch Archive

खाल्डोमा परेर एक बृद्धको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका १ मा खाल्डोमा परेर एक बृद्धको मृत्यु भएको छ । बृद्धको गणेश इँटा उद्योग जाने बाटोमा ट्याक्टरले बनाएको खाल्डोमा परेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा म्याङलुङ्ग नगरपालिका–१०, तम्फुलाका झाँक्री कान्छा भनिने करिब ६० वर्षीय ठगबहादुर पुर्कुटी रहेको प्रहरीले जनाएको छ ।

ठगबहादुरको शव शनिबार बिहानै सडकमा ट्रयाक्टरले बनाएको खाल्डोमा लडेको अवस्थामा फेला परेको थियो । उनीको मुन्टो खाल्डोमा रहेको हिलोमा जोतिएको थियो । खाल्डोमा घोप्टिएर लडेपछि उठ्न नसकेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयबासीले भने पुर्कुटीले मादक पदार्थ सेवक गरेर हिड्ने भएका कारण लडेर मृत्यु भएको हुनसक्ने बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *