Sajhamanch Archive

दुर्घटनाका मृतक र घाइतेको रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

बाँके । पूर्व–पश्चिम राजमार्ग अन्तरगत राप्तीसोनारी गाउँपालिका वडा नं.२, स्थित ठुरियामा भएको फोर्सहाइस दुर्घटनामा परेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

पिसिआर प्रविधिबाट भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा मृतक १२ सहित ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो। घट्नालगतै उपचारका लागि नेपालगन्ज ल्याइएका मृतक र घाइतेको स्वाब संकलन गरि पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादर थापाले जानकारी दिए।

भारतका बिभिन्न शहरबाट फर्किएकालाई नेपालगन्जबाट सल्यानतर्फ लैजाँदै गरेको यात्रुबहाक फोर्सहाइस आइतबार मध्यरातमा राप्तीसोनारी गाउँपालिका वडा नं.२, ठुरिया स्थित राजमार्गमा रोकिराखेको ट्रकमा ठोकिदा सवार ११ जनाको घटनास्थलमै र एक जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

दुर्घटनमा २१ जना घाइते भएका छन्। घाइतेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *