Sajhamanch Archive

मादक पदार्थ सेवन गरी चलाएको २८ सवारी साधन प्रहरीको नियन्त्रणमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

कमल । रातको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउदा दुर्घटना बढेको जनगुनासो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले झापाले रातिको समयमा चेकजाँचलाई तिब्रता दिएको छ ।

गएराति झापा जिल्लाको झिलझिले, बिर्तामोड, दमक, चारआली , काकड्भिट्टा, सुरुङ्गा, केर्खालगायतका स्थानहरुमा चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा भाडाका ५ ट्रक, ४ कार जिप, १७ मोटरसाईकल, २ पिक अप गरी २८ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी निरिक्षक राजेश राईले जानकारी दिए ।

कार्वाहीमा परेका सवारी साधनका चालकलाई नियन्त्रणमा लिएर प्रशिक्षण समेत दिएको निरिक्षक राईले बताए ।
२०७५ साल श्रावण १ देखि १० गते सम्ममा मादक पदार्थ सेवन सवारी चलाएका १ सय ४ जना चालकलाई कार्वाही गरी १ लाख ४ हजार रुपैया भन्दा बढी राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरीे कार्यालयले जनाएको छ ।

साँझ ६ बजेदेखि राति साडे दश बजेसम्मको समयमा चेकजाँचलाई तिव्रता दिएपछि मुख्य राजमार्गमा दुर्घटना समेत कमी आएको निरिक्षक राईले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *