Sajhamanch Archive

काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

मंगलबार थपिएका संक्रमितमध्ये चार जना मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। संक्रमितहरूमा तीन जना महिला र एकजना पुरुष छन्।

महिलाहरू २४ देखि ३२ वर्ष उमेर समूहका छन् भने एक जना २८ वर्षका पुरूष हुन्। यसैगरी भक्तपुरमा पनि एक जना कोरोना संक्रमित थपिएका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिकामा संक्रमित थपिएका हुन्। मंगलबार गएको २४ घण्टामा २८८ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या २ हजार ९९ जना पुगेको छ। जसमा ८ जनको मृत्यु भएको छ।

कोरोना संक्रमित २ हजार नाघेसँगै लक्षणको आधारमा होम आइसोलेसनमा राख्ने सरकारको तयारी छ। सरकारले लक्षण नदेखिएका संक्रमितहरूलाई घरमै राख्ने तयारी गरेको हो।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *