Sajhamanch Archive

दुई खाले पत्र आएपछि ,यसरी अलमलमा परयो घरेलु तथा साना उद्योग कार्यालय

Published: (Updated: ) in समाज, by .

कमल । संघियता लागु भएसँगै जिल्ला स्थित रहेका कार्यालय स्थानिय निकायमा समायोजन भएका छन् । कतिपय कार्यालय अझै पनि जिल्लामा रहेर नै काम गरिरहेका छन् ।

स्थानिय निकायमा समायोजन हुने हल्लाले झापाको चन्द्रगढीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयलाई पनि नछोएको भने होईन ।
उद्योग, वाणिज्य र आपुर्ति तिन वटै मन्त्रालयको जिम्मेवारी लिएर काम गर्दै आएको यस कार्यालयलाई स्थानिय निकायमा समायोजन गर्ने हल्लाले कर्मचारी मात्र होईन सेवाग्राही पनि अल्मलिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले समायोजन गर्नु भन्ने पनि उद्योग मन्त्रालयले साविक बमोजिम काम गर्नु भन्ने पत्र आएकोले सोही अनुसार काम गरिरहेको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख चन्द्रप्रसाद मिश्रले बताए ।

गएको आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालय चन्द्रगढीमा उद्योग तर्फ ९ सय ७८ वटा उद्योग दर्ता भए भने वाणिज्य तर्फ १ हजार १६ वडा फर्म दता भएका छन् जसबाट आर्थिक वर्ष २०७४÷ ०७५ मा २ करोड ७० लाख ५६ हजार ७ सय २५ रुपैया राजस्व संकलन भएको प्रमुख मिश्रले जानकारी दिए ।

कार्यालयको तथ्याङ्ग अनुसार यति उद्योग दर्ता हँुदा पुरुष ९ सय ५० र महिला २ सय २३ जना उद्यमी रहेका छन् भने २ हजार ३ सय ८६ जनाले रोजगारी पाएको कार्यालयले जनाएको छ ।

कार्यालयले गर्नु पर्ने धेरै काम छन् जस अन्तरगत मुल्य सुची संकलन, बजार अनुगमन लगायतका काम भएपनि हाल कार्यालयमा ११ जनाको दरवन्दिमा  काम चलाउनु परेकोले पनि समस्या भएको प्रमुख मिश्र बताए ।

उनले सामाजिक मन्त्रालय र उद्योग मन्त्रालयको पठाएको पत्र बाझिएपछि स्थानीय निकायमा जान नसकेको बताए । उनका अनुसार स्थानीय निकाय जान कर्मचारीको अभाव भएको पनि जानकारी गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *