Sajhamanch Archive

शिवसताक्षीको क्वारेन्टाइनबाट ३६ मध्ये २९ जना घर फर्के

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा बसेका मध्ये २९ जनालई घर फार्काइएको छ । शिवसताक्षी नगरपालिकको झरना प्राविको क्वारेन्टाइनमा बसेकाहरु ३६ जना मध्ये २९ जनालाई पिसिआर विधिबाट कोरोना परीक्षण गरी नेगेटिभ आएपछि घर फर्काइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

उनीहरुको शुक्रबार स्वाव संकलन गरी कारोना परीक्षणका लागि जनस्वास्थ्य कार्यालयको प्रयोग शालामा पठाइएको शिवसताक्षी नगरपालिका वडा नं. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठले जानकारी दिए । अन्य ७ जना स्वाव संकलन पछि क्वारेन्टाइनमा ल्याइएको श्रेष्ठले बताए । उनीहरु भारतका विभिन्न ठाउँहरुबाट लुकीछिपी नेपाल भित्रिएका हन् ।

शिवसताक्षी नगरपालिकाकाको क्वारेन्टाइन पनि सम्भावित संक्रमित आउने क्रम जारी रहेकाले १० देखि १५ जना जम्मा भएपछि स्वाव संकलन गरी परीक्षणका लागि पठाइने नगरपालिकाले जनाएको छ ।

कोरोना परिक्षण पश्चात घर फकाईएकाहरुलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न लगाएको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र शेर्माले बताए । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै हामीले लकडाउनलाई अन्य नगरपालिका भन्दा कडा गरेका छौं मेयर शेर्माले भने, फल स्वरुप यस नगरपालिकामा कोरोना पोजेटिभ भेटिएको छैन ।

क्वारेन्टाइनमा बसेका २९ जना घर फर्किदा उनीहरुले नगरपालिकाले बनाएको क्वारेन्टाइन व्यवस्थित भएको प्रतिकृया दिएका थिए । उनीहरुले भने घरमा भन्दा राम्रो व्यवस्था रहेछ त्यसैले क्वारन्टाइनको बसाईमा कुनै त्यस्तो असजिलो महशुस गर्नु परेन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *