Sajhamanch Archive

क्वारेन्टिनमा एक महिलाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

कैलाली । डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं.१ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताए ।

‘राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको खबर आएको छ,’ विष्टले भने, ‘हामी त्यहाँ पुग्दै छौँ । हामी पुगेपछि थप कुरा आउला ।’

गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले पनि महिलाको मृत्यु भएको पुष्टि गरे । उनले चिकित्सकको टोली पुग्न केही समय लाग्ने जानकारी दिए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *