Sajhamanch Archive

इङ्ग्ल्याण्ड र वेस्ट इण्डिजबीचको टेस्ट जुलाई ८ तारिखदेखि

Published: in खेलकुद, मिडियाबाट साभार by .

एजेन्सी । इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँग खेल्ने तीन खेलको टेस्ट सिरिजको मिति टुङ्गो लगाएको छ ।

८ जुलाईदेखि बन्द रङ्गशालामा खेल्ने गरी इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँगको तालिका टुङ्गो लगाएको हो । यो सिरिजसँगै कोरोना भाइरसको कारण गएको मार्च १३ तारिखदेखि बन्द भएका अन्तर्राष्ट्रिय क्रिकेट सुरु हुनेछन् ।

पहिलो टेस्ट ८ देखि १२ जुलाईसम्म ह्याम्पसायरमा हुनेछ, दोस्रो टेस्ट १६ देखि २० जुलाईसम्म ओल्ड ट्राफोड र तेस्रो २४ देखि २८ जुलाईसम्म ओल्ड ट्राफोडमा नै हुनेछ ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *