Sajhamanch Archive

लकडाउनले जुरायो शिवसताक्षीमा सामुहिक कृषि खेती

Published: in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । कारोना भाइरसले देशका सबै निकाय ठप्प छन् । उद्योग धन्दा बन्द छन् तर झापाको शिवसताक्षी कृषकलाई लकडाउनले त्यति धेरै प्रभाव पारेको छैन ।

उनीहरु यो समयमा सामुहिक कृषि खेतीमा लागेका छन् । नगरपालिकाको वडा नम्बर ५ स्थित सालमाराका कृषकहरु यतिबेला सामुहिक रुपमा तरकारी खेतीमा होमिएका छन् । बढ्दै गएको लकडान, बेरोजगारी समस्या, अन्य मुलुकबाट अधिक मात्रामा कृषि जन्य बस्तुहरुको आयातलाई कम गर्नका लागी उनीहरुले सामुहिक कृषि खेती शुरु गरेका हुन् ।

१६ जनाको समुह बनाएर गत चैतमा सृजना बहुउदेश्यीय कृषि समुह नै निर्माण गरी कृषकहरुले १६ लाखको लगानीमा २ बिगहा जमिन लिजमा लिएर खेती सुरु गरेका हुन् । हाल बोडी, करेला, टमाटर, साग , भेण्डी लगायतका बेमौसमी तरकारीहरु लगाईएको सृजना बहुउदेश्य कृषि समुहका अध्यक्ष जगतबीर लिम्बुले जानकारी दिए ।

कृषकहरुले बेमौसमी तरकारी खेतीसँगै मक्ष्यपालनमा समेत जोड् दिएका छन् । लकडाउनको समयमा बेरोजगारको संख्या बढिरहेको बेला यस्ता खालका कृषि कार्यालय युवालाई आकर्षित बनाएको छ । विदेशबाट फर्केका युवाहरु समेत सामुहिक कृषि खेतीमा आकर्षित बनेका छन् । हाल तरकारी खेती र माछा पालनमा जोड दिदै आएका सृजना बहुउदेश्य कृषी समुहका कृषकहरुले जमिनको क्षेत्रफल थप बढाएर च्याउँ खेती, बाख्रा पालन, बंगुर पालन समेत गर्ने लक्ष्य रहेको कृषकहरुको भनाई छ । स्थानीय स्तरमा कृषि क्षेत्रमा दक्ष नभएपनी ईन्टरनेटको माध्यमबाट कृषकहरुले तरकारीखेती शुरु गरेको समुहका सचिव देबीकुमार प्रधानले बताए ।

बढ्दै गएको बेरोजगारी समस्या र अन्य मुलुकबाट अधिक मात्रामा कृषि जन्य बस्तुहरुको आयातलाई कम गर्नकालागी शुरु गरिएको यस्ता कृषकहरुलाई प्रोत्साहन सँगै कृषकहरुले उत्पादन गरेका कृषिजन्य बस्तुहरुको बजारीकरणका लागी सम्बन्धित सरोकारवाला निकायहरुले चासो राख्न जरुरी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *