Sajhamanch Archive

क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ ।

पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो ।

उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो ।

पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *