Sajhamanch Archive

कमलनगर जेसीजद्वारा २०७७ सालको क्यालेण्डर विमोचन

Published: in समाज by .

कमल । कमलनगर जेसीजले विक्रम सम्वत् २०७७ सालको क्यालेण्डर विमोचन गरेको छ ।

कमल गाउँपालिका वडा नं. २ स्थित श्री ज्योति माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल जेसीज वर्ष १०१७ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर प्रकाश प्रसाद अधिकारीले क्यालेण्डर विमोचन गरेका छन् ।

क्यालेण्डर विमोचन पछि बोल्दै यस्तो विषम परिस्थितीमा कमलनगर जेसीजले गरेका सम्पुर्ण क्रियाकलापहरु राष्ट्रिय स्तरमा गर्व गर्न र उदाहरण दिन योग्य भएको भन्दै प्रमुख अतिथी नेपाल जेसीजका वर्ष १०१७ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर प्रकाश प्रसाद अधिकारीले कमलनगर जेसीजको प्रशंसा गरे ।
यस्तो परिस्थितिमा कमलनगर जेसीजले कमल गाउँपालिकाको क्वारेन्टाइनमा १० बेड प्रदान, कोरोना सम्बन्धी रेडियोबाट सचेतनात्मक संदेश प्रशारण, माइकिङ्ग तथा पोस्टर, पम्प्लेट वितरण गरी उदाहरणीय कार्य गरेको कमलनगर जेसीज बर्ष २०१८ का अध्यक्ष केदार कटुवालले बताए ।

कमलनगर जेसीजका वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहालले क्यालेण्डर निमार्णमा महत्वपूर्ण भूमिका निमार्ण गर्ने कमलनगर जेसीज वर्ष २०२० का उपाध्यक्ष तथा क्यालेण्डर निमार्ण संयोजक जेसी महेश भण्डारीको टिमलाई धन्यवाद व्यक्त गर्दै यस विषम परिस्थितिमा कोरोनाबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं भन्ने सन्देश दिए ।

क्यालेण्डर विमोचन कार्यक्रममा दमक जेसीज वर्ष २०२० का अध्यक्ष जेसी कमल कट्वाल, गौरादह जेसीज वर्ष २०२० का अध्यक्ष तारा कुमार श्रेष्ठ, सतासी धाम जेसीज वर्ष २०२० का अध्यक्ष जेसी कुमार सिंह साँवा, दमक जेसीजका पूर्व अध्यक्ष केशव अधिकारी, कमलनगर जेसीजका आजिवन मानार्थ सदस्य राजन बहादुर ढुंगाना, झापालि युनिटि क्लवका अध्यक्ष मोहनसिंह बस्नेत सहित कमल नगर जेसीजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
क्यालेण्डर विमोचन कार्यक्रमा उपस्थित सबैलाई मास्क र सेनिटाईजर समेत वितरण गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *