Sajhamanch Archive

कनकाईको शिव पाञ्चायन मन्दिर अध्यक्षमा न्यौपाने

Published: (Updated: ) in विविधा by .

सुरुङ्गा । झापाको कनकाई नगरपालिका ३ नमुना टोलस्थित शिव पांञ्चायान मन्दिर तथा सामुदायिक भवनको अध्यक्षमा समाजसेवी रामकुमार न्यौपाने चयन भएका छन् ।

शनिवार भएको मन्दिर समितिको दोस्रो साधरणसभाबाट न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय मन्दिर तथा सामुदायिक भवन व्यावस्थापन समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा डिल्ली बुडाथोकी र इन्दिरा वाग्ले, सचिवमा दुर्गा उप्रेती सह–सचिवमा निता राई, कोषाध्यक्षमा जयप्रसाद ढकाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा चम्पा थपलिया, यसोदा भेट्वाल, टंकबहादुर बस्नेत, गोपाल बिष्ट, लीलाराम कार्की, थीरबहादुर मल्ल र पर्शुराम कार्की चयन भएका छन् ।

त्यस्तै साँस्कृतिक संयोजकमा हिमाल विष्ट र सल्लाहकार संयोजकमा लक्ष्मी भेट्वाल रहेका छन् । नवनिर्वाचित समितिलाई कोटिहवन धार्मिक विकास संस्थाका उपाध्यक्ष नारायण प्रसाद पोखरेल, ज्ञानज्योती युवा क्लवका पूर्वअध्यक्ष ज्योतीकुमार उप्रेती, कलाकार तथा दाता हिम्मत नेम्बाङ्ग, दुर्गा उप्रेती , पूर्वअध्यक्ष चन्द्रबहादुर कार्की, गंगाकुमार श्रेष्ठ लगायतले स्वागत गरेका थिए । शिव पांचायान मन्दिर र निर्माणाधिन सामाजिक भवनलाई सबैको सहयोगबाट पुरा गरि छाड्ने अध्यक्ष न्यौपानेले प्रतिवद्धता व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *