Sajhamanch Archive

गाँजासहित चार जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

रौतहट । रौतहटमा प्रहरीले गाँजासहित चार जनालाई पक्राउ गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ८ बाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मौलापुरबाट जयनगरतर्फ जाँदै गरेको बा ६४ प ९३०७ र ना ४५ प ६३९८ नम्बरको दुई वटा मोटरसाइकललाई चेकजाँच गर्दा २० किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक मेदनीप्रसाद साहले बताए ।

चार वटा झोलामा लुकाइ राखेको अवस्थामा गाँजा बरामद भएको उनले बताए । पक्राउ पर्नेमा मकवानपुरका सागर लामा, अंकित लामा, विशाल लामा र निरज लामा पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको साथबाट २१ हजार रुपैयाँ र मोबाइल पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइने उनले बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *