Sajhamanch Archive

राष्ट्रियसभा अध्यक्षले यो वर्ष भत्ता नलिने, नारायणकाजीको तलब राज्यलाई

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ साल चैत मसान्तसम्म कुनै किसिमको भत्ता नलिने घोषणा गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो एक वर्षसम्म बैठक भत्ता र भ्रमण भत्तावापतको रकम नेपाल सरकारको राजश्‍व खातामा जम्मा गर्न निर्देशन दिएका हुन्।

तिमिल्सिनाले चैत महिनाको एक महिनाको तलब नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गरिसकेका छन्। उता राष्ट्रिय सभाका सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एक वर्षभरीको आफ्नो तलब र भत्ता सरकारको राजश्‍व खातामा जम्मा गर्न सचिवालयलाई पत्र लेखेका छन्।

श्रेष्ठले यसअघि नै तलब नलिने घोषणा गरिसकेका थिए। अब भत्तावापत उनले पाउने रकम पनि सरकारी कोषमै जम्मा हुने भएको छ। श्रेष्ठले दुई दिनअघि राष्ट्रिय सभाको बैठकमा सांसदहरुलाई भत्तावापतको रकम नलिने घोषणा गर्न अपिल गरेका थिए।

नेता श्रेष्ठले सांसद विकास कोषको रकम पनि खारेज गर्नुपर्ने आवाज निरन्तर उठाइरहेका छन्। सांसद विकास कोषले नेताहरुलाई बिगारेको भन्दै उनले तत्काल खारेज हुनुपर्ने मत राख्दै आएका छन्।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *