Sajhamanch Archive

विहानी युवा क्लबको अगुवाईमा अर्जुनधारा नगरपालिकामा माग पत्र बुझाइयो

Published: in समाज, स्थानीय तह by .

अर्जुनधारा । बिहानी युवा क्लबको अगुवाईमा अर्जुनधारा नगरपालिकाका सचेत युवाहरुद्वारा माग पत्र नगरपालिकालाई बुझाइएको छ ।

विहीबार अर्जुनधारा नगरपालिकाको कार्यालयमा शैक्षिक क्षेत्रको थप सुधारका लागि बिहानी युवा क्लबको अगुवाईमा अर्जुनधारा नगरपालिकाका सचेत युवाहरुद्वारा माग पत्र हस्तान्तरण गरिएको हो ।

युवाहरुद्वारा माग पत्र सहित योजना पनि हस्तान्तरण गरेका थिएं । नगरका युवाहरुको योजनामा नगरपालिकाको समन्वय र ध्यानाकर्षणको जरुरी रहेको बिहानी युवा क्लबले जनाएको छ । माग पत्रमा समावेश गरेका मागहरुमा नयाँ शैक्षिक सत्रमा सम्पुर्ण विद्यालयमा २०७६ को पाठ्यपुस्तक निरन्तरता दिने, शैक्षिक सत्र २०७७ ÷७८ मा विद्यालयहरुमा शुल्क वृद्धि नगर्न र नगराउने, ( पुर्व प्राथमिक तहदेखि कक्षा २ सम्मको नियमित विद्यार्थीलाई पढाईमा सहयोग हुने गरि एकाडेमिक पुस्तकालय स्थापना गर्ने माग राखिएको छ ।

त्यस्तै अर्जुनधारा नगरभित्र रहेको माध्यमिक तहसम्म पढाई हुने शैक्षिक सस्थामध्ये कम्तीमा एउटालाई पुर्ण निःशुल्क गर्दै समाजवादको अभ्यास गर्ने , नगरभित्र रहेका विभिन्न क्षेत्रको अनुसन्धानको लागि प्राज्ञिक अनुसन्धान केन्द्र स्थापना गरि काम गर्ने र गराउने लगायतका माग पत्रमा उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *