Sajhamanch Archive

चलचित्र विकास बोर्डको अध्यक्षमा दाहाल नियुक्त

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by .

फिल्म निर्देशक, गीतकार तथा निर्माता दयाराम दाहाल नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् ।

केशव भट्टराईको असामयिक निधनपछि रिक्त रहेको बोर्ड अध्यक्षमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो । उनी वर्तमान चलचित्र विकास बोर्डका सदस्य समेत हुन् ।

बोर्ड अध्यक्षका लागि दश जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका थिए । तीमध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्री परिषद्मा अभिनेता भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो । मन्त्रिपरिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि योग्य ठहर्‍याउँदै नियुक्त गर्ने निर्णय गरेको हो ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *