Sajhamanch Archive

मोटरसाइकल दुर्घटनामा पूर्वडिएसपीको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

हेटौंडा । मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका सेवानिवृत्त डिएसपी जितबहादुर थापाको निधन भएको छ।

बिहीबार साँझ साढे ४ बजे हेटौंडा–६ चौघडातर्फबाट हेटौंडा बजारतर्फ जाँदै गर्दा ६५ वर्षीय थापा सवार ना१२प ५३७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

क्याम्पाडाँडाको भित्तामा मोटरसाइकल ठोक्किएको थियो। गम्भीर घाइते भएका थापाको उपचार क्रममा साँझ साढे ५ बजे हेटौंडा अस्पतालमा निधन भएको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *