Sajhamanch Archive

मन्त्रीहरुको कार्यक्षमता र शैलीप्रति प्रधानमन्त्री असन्तुष्ट, लालबाबु रेड जोनमा

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । सरकारले अपेक्षअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कार्यक्षमता र शैलीप्रति असन्तुष्ट बनेका छन्।

सरकारविरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुको कार्यक्षमता मूल्यांकन गर्न थालेको हो। मूल्यांकन राम्रो नआए मन्त्रिपरिषद सदस्यहरुको जिम्मेवार हेरफेर गर्ने मनस्थिततिमा प्रधानमन्त्री पुगेको उनको सचिवालयका एक सदस्यले बताएका छ।

आशा गरिएका मन्त्रीहरु समेत परिणाममुखी काममा भन्दा व्यक्तिगत प्रचारमा केन्द्रित भएको र सरकारको ‘स्पिड’लाई आत्मसाथ नगरेको प्रधानमन्त्रीको बुझाइ छ। प्रधानमन्त्री ओलीले कार्यक्षमतामा कमजोर देखिएका मन्त्रीहरुलाई छुट्टाछुट्टै बोलाएर सचेत गराउन सुरु गरका छन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित रेड जोनको एक नम्बरमा छन्। अर्थमन्त्री युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापालगायत ग्रिन जोनमा छन्। येल्लो जोनमा नौ जना छन् भने केही मन्त्री समीक्षमा परेका छैनन्। नयाँ पत्रिकाबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *