Sajhamanch Archive

क्वारेन्टिनमा ६५ वर्षीय वृद्धको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

जुम्ला । जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ।

चन्दननाथ नथरपालिका वडा नं.८ तलिउम गाउँमा रहेको धुपीढुस्का माध्यमिक विद्यालयको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको हो।

क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको जानकारी चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले दिएकी छन्। उनका अनुसार मृतक जेठ २१ गते बाहिर जिल्लाबाट जुम्ला आएका थिए।

स्वास्थ्यकर्मीको टोली पुगेर मृतकको स्वाब संकलन गरी ल्याइसकेको मेयर सेजुवालले बताइन्।

 

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *