Sajhamanch Archive

लकडाउन खुकुलो बनाउन सांसदको सुझाव

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले तत्काल लकडाउन खुकुलो बनाउन सरकारलाई सुझाव दिएका छन् ।

शुक्रबारको बैठकमा सांसदहरुले लकडाउन स्वतःस्फुर्त रुपमा उलंघन हुन थालेको भन्दै लकडाउनको मोडल परिवर्तन गर्न र जोखिम कम भएको क्षेत्रमा खुकुलो बनाउन सुझाव दिएका हुन् ।

लकडाउनको अवधारणालाई तत्काल चेञ्ज गर्न जरुरी छ । लकडाउनको कारणले आर्थिक जनजीवन र रोजगारसँग जोडिएको क्षेत्र असाध्यै अप्ठ्यारोमा परेको अवस्था छ’ सांसद गोपीबहादुर सार्कीले भने ।

सांसदहरु जितेन्द्रनारायण देव, भगवती न्यौपानेलगायतले पनि निश्चित नियम बनाएर लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने बताए ।

सांसद देवले स्वास्थ्य र आर्थिक महामारीको सामना गर्न सबैको राय सुझाव लिन र सबै निकायलाई परिचालन गर्न सरकारलाई आग्रह गरे ।

सांसद भगवती न्यौपानेले लकडाउनको अवधिमा उपचार नपाएर ५८ जना सुत्केरी र गर्भवती महिलाको मृत्यु भएको सुनिएको भन्दै सरकारसँग आधिकारिक जानकारी माग गरिन् ।

सुत्केरी र गर्भवती महिलाको उपचारका लागि राष्ट्रिय आपतकालीन कोष निर्माण गर्न पनि उनले सुझाव दिइन् ।

सांसद हरिराम चौधरीले क्वारेन्टिन स्थल व्यवस्थित बनाउन र आइसोलेसन बेडको पर्याप्त व्यवस्था गर्न माग गरे ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *