Sajhamanch Archive

शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै अमेरिकी राष्ट्रपतिलाई मुद्दा

Published: (Updated: ) in विश्व समाचार by .

वासिंटन । मानव अधिकारवादी समूहले ह्वाइट हाउस अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दा बल प्रयोग गरेको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्पमाथि मुद्दा दायर गर्ने भएका छन् ।

जर्ज फ्लोइडको हत्याको विरोध गर्दै ह्वाइट हाउस अगाडि हजारौँले प्रदर्शन गरेका थिए । ुद गार्जियनुका अनुसार अधिकारवादी समूहले राष्ट्रपति ट्रम्प र ह्वाइट हाउसका अधिकारीहरुलाई संवैधानिक हकको हनन गरेको आरोप लगाएका छन् । जब कि, अमेरिकी संविधानले त्यस क्षेत्रमा शान्तिपूर्ण रुपमा धर्ना र प्रदर्शन गर्न छुट दिन्छ ।

तर शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका नागरिकहरुमाथि टियर ग्यास तथा रबरका गोली चलाइएको थियो । कोलम्बियास्थित ‘अमेरिकन सिभिल लिबर्टीज युनियन’ ले मुद्दा दायर गरेको छ ।
‘प्रदर्शनकारीमाथि राष्ट्रपतिको निर्लज्ज, असंवैधानिक, अव्यवस्थित र स्पष्ट अपराधिक आक्रमण भएको छ, उनीहरुको बिचारसँग उनी असहमत छन्,’ युनियनका कानुनी निर्देशक स्कट माइकलम्यानले भने ।

मुद्दामा महान्यायाधीवक्ता विलियम बेरको नाम समेत छ । जर्ज फ्लोइडलाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेपछि अमेरिकामा देशव्यापी आन्दोलन हुन थालेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *