Sajhamanch Archive

काठमाडौंको निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचार गराइरहेका दुई बिरामीमा कोरोना संक्रमण फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

‘गुल्मीका र पोखराका दुई बिरामी ह्याम्समा उपचाररत हुनुहुन्छ । उहाँहरूमा संक्रमण देखिएको हो’ मन्त्रालय स्रोतले भन्यो ।

ती बिरामीहरू ६० र ७६ वर्षका हुन् । पछिल्लो २४ घण्टामा देशभर २७८ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ । कोरोनाबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *