Sajhamanch Archive

नेकपाका २२ जनसंगठनः अधिकांशको एकीकरण साउनभित्रै

Published: in मिडियाबाट साभार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको छ ।

एकताका लागि गठित कार्यदललाई साउनभित्रै एकीकरण गरिसक्न निर्देशन दिइएपछि सोहीअनुसार काम अघि बढिरहेको कार्यदल सदस्यहरूले बताए ।

निर्देशनलगत्तै शनिबार तत्कालीन एमाले र माओवादी केन्द्रका इन्जिनियरहरूको भ्रातृसंगठनबीच एकता भएको छ ।

यसैबीच, प्रेस चौतारी र प्रेस सेन्टरको एकीकरण तयारी अन्तिम चरणमा पुगेको छ ।

‘हामीले सकेसम्म साउनभित्रै एकता सम्पन्न गरिसक्न निर्देशन दिएका छौँ,’ नेकपाका महासचिव विष्णु पौडेलले भने, ‘विधान र नियमावली प्रकाशन भइसकेकाले अब भ्रातृसंगठन र तल्ला कमिटीहरूको एकता प्रक्रिया सम्पन्न भइसकेपछि सातवटै प्रदेशमा ठूला प्रकृतिका आमसभा आयोजना गरेर लाखौँको जनपरिचालन गर्नेछौँ ।’ नयाँ पत्रिकाबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *