Sajhamanch Archive

यूएईबाट आएकामध्ये सबैभन्दा बढी प्रदेश १ का

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । यूएईबाट शुक्रबार काठमाडौं ल्याइएको १६९ जनामध्ये सबैभन्दा बढी प्रदेश १ का नागरिक छन् ।

उद्दार र व्यवस्थापनको कार्यमा खटिइरहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार प्रदेश नं. १ का ४६, २ का २३ र बागमतीका ३७ जनालाई काठमाडौं ल्याइएको छ । गण्डकी प्रदेशका २८, प्रदेश नं. ५ का १८, कर्णालीका ४ र सुदुर पश्चिम प्रदेशका १२ जना नागरिक छन् ।

उनीहरुमध्ये ६७ जना यूएईको इजादा फ्यासिलिटी म्यानेजमेन्ट, ७९ जना टान्स गार्ड सेक्युरिटी कम्पनी र ११ जना अन्यमा कार्यरत थिए । विमानस्थलमा अभिलेख संकलनपछि उनीहरुलाई प्रदेशगत रुपमा काठमाडौं, भक्तपुर र ललितपुरको होल्डिङ सेन्टरमा राखिएको छ ।

सीसीएमसीका अनुसार नेपाली सेनाको व्यवस्थापनमा काठमाडौंमा बागमती, गण्डकी र ५ नं. प्रदेश, भक्तपुरमा प्रदेश १ र २ र ललितपुरमा कर्णाली र सुदुर पश्चिम प्रदेशका नागरिकलाई राखिएको छ ।

सेन्टरमा विदेशबाट आएका नागरिकको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका कार्यहरु हुनेछन् । त्यसपछि सम्बन्धित प्रदेशहरुको समन्वयमा त्यहीँ क्वारेन्टाइनमा राख्ने गरी पठाइनेछ  । उनीहरुको क्वारेन्टाइन अवधि १४ दिनको हुनेछ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *