Sajhamanch Archive

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

उदयपुर । उदयपुरमा शुक्रबार ट्याक्टर दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । बेलका नगरपालिका ८ भिमफेदीबाट सेतिखोलातर्फ जाँदै गरेको को २ त ९१५२ नं. को ट्याक्टर सेतिखोला पुलछेउमा दुर्घटना हुँदा बेलका ८ का ३१ वर्षीय इन्द्रबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफै अनियन्त्रित भई दुर्घटनामा परेको ट्याक्टरमा सवार राईको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घट्नाबारे इप्रका रामपुरबाट खटेको प्रहरी टोलीले स्थलगत सर्जमिन मुचुल्का गरी मृतकको लास पोष्टमार्टमका लागि अस्पताल पठाएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

स्रोत : नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *