Sajhamanch Archive

कमल गाँउपालिकामा कोरोना नियन्त्रणको अग्र भागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी माथि दूब्र्यवहार

Published: (Updated: ) in समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाँउपालिका वडा नं. ३ मा कोरोना संक्रमण रोकथामका लागि खटिएका स्वास्थ्यकर्मीहरुमाथि दूव्र्यहबार भएको छ । कमल गाउँपालिकाको क्वारेन्टान खटिएका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र अपशब्द प्रयोग भएपछि कमल गाउँपालिकाले प्रेश विज्ञप्ती जारी गर्दै घटनाप्रत खेद प्रकट गरेको छ ।

स्थानियको हुल हुज्जतले क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मिमाथी दूव्र्यवहार र अपशब्द प्रयोग गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।
स्वास्थ्यकर्मीले आफुहरु माथि दूव्र्यवहार र अपशब्द गरेको भन्दै आकस्मिक बाहेकका अन्यसेवामा आफुहरु जान नसक्ने गाउँपालिका स्वास्थ शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिए ।

विना अनुमति क्वारेन्टाइन बनाएको, स्वास्थ्यकर्मीहरु वडा कार्यालयमा बसेको ? क्वारेन्टाइनमा रहेका नागरिकलाई झ्यालबाट बाहिर किन हेर्न दिएको स्वास्थ्यकर्मीको वाईक अफि अगाडी किन पार्किङ्ग गरेको ? भन्दै अपशब्द प्रयोग गरी स्वास्थ्यकर्मीलाई हप्काएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर कामगर्ने स्वास्थ्यकर्मीको मनोबल बढाउनु पर्नेमा स्थानीयद्वारा नै दुव्र्यहबार भएपछि उक्त घटनाको खेद प्रकट गर्दै गाँउपालिकाको तर्फबाट प्रेश बिज्ञप्ति समेत जारी गरिएको छ ।

कमल गाउँपालिका विभिन्न ठाउँमा खटाइएका स्वास्थ्यकर्मीको मनोवल उच्च राख्दै कर्मचारीको सुरक्षा र हितमा सदैब गाउँपालिका लाग्ने गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बिज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

यता स्थानीय गौरीमान फागोले गाउँपालिकाको आधारभूत स्वास्थ केन्द्रका कर्मचारीले सेवा ग्राहीलाई दिइने सेवाका विषयमा सुझाब दिन वडा कार्यलयमा भेला भएको बेला स्वास्थ्यकर्मी सँग सामान्य वादविवाद भएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *