Sajhamanch Archive

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

पाल्पा । तीन लाख रुपैयाँ घुससहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं.७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका अख्तियार कार्यालयले जनाएको छ ।

शनिबार विहानै रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *