Sajhamanch Archive

‘सरकार इमानदारी छैन, कार्पेट कसरी व्यवस्था गर्ने भनेर लागेको छ’

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले वर्तमान सरकारको नेतृत्व गरिरहेकाहरूसँग इमानदारी नभएको आरोप लगाएका छन्।

आजको संसद बैठकमा बोल्दै डा.रिजालले कोरोनासँग लड्ने ठोस योजना ल्याउन नसकेको बताएका हुन्। ‘कोरोनाविरुद्ध लड्दा अहिले विनियोजन भएको पैसा सुरुकै महिनामा सकिन्छ अब पैसा कसरी पुर्‍याउँछ ?’ उनले सरकारलाई सोधे, ‘हिजो सरकार बनाउँदा ढुकुटी रित्तो छ भन्ने सरकार अहिले के ढुकुटी बनाएको छ ?’ केपी ओली नेतृत्वको अहिलेको सरकार गठन भएलगत्तै प्रधानमन्त्री ओलीले कांग्रेसले रित्तो ढुकुटी भएको सरकार हस्तान्तरण गरेको आरोप लगाएका थिए।

रिजालले राष्ट्रिय गौरवका आयोजना पूरा गर्न सरकारसँग इमानदारी नरहेको पनि बताए। ‘राष्ट्रिय गौरवका आयोजना पुरा गर्ने क्षमता यो सरकारसँग छैन,’ उनले भने, ‘सरकारसँग इमानदारी छैन। यसको प्रमाण बिजुली गाडीमा देखिएको छ। क्षमताको मात्र कुरा हैन इमानदारीको कुरा हो।सरकारमा बसेकाहरु कार्पेटको व्यवस्था गर्दैछन विदेशमा रहेकाहरु कसरी आउने भनिरहेका छन्।’

उनले सरकारले नेपाली जनताको दुस्खमा, घाउमा नुन छर्कने काम गरिरहेको आरोप पनि लगाए। देश सबैको साझा हो मिलेर काम गरौँ, तपाइँहरुले पार लगाउनु हुन्न।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *