Sajhamanch Archive

स्वास्थ्यमन्त्रीलाई सांसद तुलाचनको प्रश्न –‘कोरोना रोक्न मैले तपाईंलाई दिएको मह खै ?

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेकपा सांसद प्रेमप्रसाद तुलाचनले कोरोनाभाइरस रोकथामका लागि सबै संक्रमितलाई हिमाली मह खुवाउन आग्रह गरेका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एक महिनाअघि स्वास्थ्य मन्त्रीलाई मह दिएपनि कुनै ध्यान नदिएकोमा गुनासो गरे ।

सांसद तुलाचनले भने, ‘मैले एक महिना अघि माननीय स्वास्थ्यमन्त्रीलाई कोरोनाको औषधीको रुपमा परीक्षण गर्न प्राकृतिक मह दिएको थिएँ । मैले मह दिएको एक महिना भइसक्यो । स्वास्थ्य मन्त्रीले त्यसलाई ध्यान नदिएका कारण अहिलेसम्म नतिजा आउन सकेको छैन् । त्यसमा म अत्यन्तै दुखित छु ।’

उनले प्राकृतिक महले कोरोना रोक्न सफल भएमा अहिले कोरोना रोक्न ९ अर्व ८५ करोड खर्च भइसकेको अवस्थामा ५ लाख रुपैयाँको मह देशभरका संक्रमितलाई निको पार्ने दावी गरे । यसले बजेट दुरुपयोग रोक्नेभन्दै स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण समेत गराए ।

सांसद तुलाचनले यसअघिका बैठकमा आफूले परीक्षणका लागि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई हिमाली मह दिएको बारेमा संसदमा जानकारी गराएका थिए ।उनले हिमाली जिल्लामा विनियोन गरेको बजेट प्रत्येक बर्ष काम नभएर फ्रिज हुने गरेको बताउँदै त्यसका लागि छुट्टै नीति ल्याउन अर्थमन्त्रीलाई आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *