Sajhamanch Archive

कर्णालीमा थपिए ५ महिने शिशुसहित ९८ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

शनिबार कर्णाली प्रदेशका ९८ जनामा कोरोना पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा रहेको प्रयोगशालामा गरिएका स्वाब परीक्षणमध्ये ९८ जनामा कोरोना पोजेटिभ देखिएको हो।

शनिबार थपिएका संक्रमितमध्ये सल्यानका ३७, दैलेखका ४६, सुर्खेतका ९, जाजरकोटका ४ र डोल्पाका एक जना रहेका छन्। डोल्पामा भेटिएका ती ५८ वर्षीय पुरूषको भने निधन भइसकेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ का ३ जना पुरूष, वडा नम्बर २ का १ पुरूष, १ महिला, वडा नम्बर ३ का ११ जना पुरूष, वडा नम्बर ४ का ६ जना पुरूष, वडा नम्बर ५ का २ जना पुरूष, १ महिला, वडा नम्बर ६ का १० जना पुरूष, वडा नम्बर ७ का ३ जना पुरूष रहेका छन्।

यस्तै, दैलेखको महाबु गाउँपालिका–१ का २९ जना पुरूष, ४ जना महिला, वडा नम्बर ३ का ४ वर्षीय बालक, वडा नम्बर ४ का एक पुरूष, ७ वर्षीया बालिका र ४१ वर्षीय महिला, वडा नम्बर ५ का ५ महिने शिशु, वडा नम्बर ६ का एक महिला, एक पुरूष, वडा नखुलेका महाबु गाउँपालिकाकै १८ महिने बालिका र २ जना महिलामा कोरोना संक्रमण भएको छ।

दैलेखकै दुल्लु नगरपालिका–१० का एक जना पुरूष, वडा नम्बर ११ का २ जना पुरूषमा पनि कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख लक्ष्मीनारयाण तिवारीले जानकारी दिए।

सुर्खेतको भेरीगंगा नगरपालिका–२ र ६ का १र१ जना पुरूष, वडा नम्बर ९ का २ जना पुरूष, गुर्भाकोट नगरपालिका–१२ र वीरेन्द्रनगर नगरपालिका–९ का १र१ जना पुरूष, पञ्चपुरी नगरपालिका–९ का ३ जना पुरूषमा पनि कोरोना पोजेटिभ भेटिएको छ।

यसैगरी जाजरकोटको बारेकोट गाउँपालिका–१ का ६ र १४ वर्षीय बालक, ३३ बर्षीय महिला र बारेकोट ईलाका प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *