Sajhamanch Archive

रोजगारीलाई समेटेर बजेट ल्याइयो, यो सकारात्मक छ : सांसद विष्ट

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकर्ण विष्टले आर्थिाक वर्ष २०७७/०७८ मा रोजगारीलाई प्राथमिकता दिई बजेट ल्याइनु सकारात्मक भएको बताएका छन्।

प्रतिनिधिसभाको शनिबारको बैठकमा विभिन्न मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल क्रममा उनले यस्तो बताएका हुन्।

केन्द्र, प्रदेश र स्थानीय तहबीच र विभिन्न मन्त्रालयबीच प्रभावकारी समन्वय हुन नसके अपेक्षकृत परिणाम आउन नसक्नेतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनले बताए।

विश्वमा कामको आधारमा देखा परेका चुनौतीलाई प्रविधिको विकास सँगसँगै जनशक्तिलाई दक्ष, थप दक्ष र पूर्ण दक्ष बनाउने सम्बन्धमा गम्भीरतासाथ नसोचे धेरै नागरिकले रोजगारी गुमाउने खतरा रहेको उनलले बताए।

श्रम बजारको माग र आपूर्ति जनशक्ति बीचमा तादम्यता हुन नसक्दा उत्पन्न हुने बेरोजगारीको चुनौती पनि रहेको उनले स्पष्ट पारे। सरकारले सीपयुक्त जनशक्ति उतपादन गर्ने व्यवस्था गरे पनि देशभित्रै या बाहिर पनि प्रतिस्पर्धा गर्न सक्ने गरी जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्ने उनको धारणा थियो।

विश्व श्रम संगठनले २०२० मे २७ मा कामको संसारमा देखापर्ने चुनौती सन्दर्भमा सार्वजनिक गरेको विश्लेषणमा ३० कारोड ५० लाख व्यक्ति कामबाट बाहिरिएका र नेपालमा पनि १६ देखि २० लाखसम्म रोजगारीबाट बाहिरिने खतरा रहेको अनुमान गरिएको बताए।

यो चुनौतीको गाम्भीर्यतालाई अझ उचाइबाट सम्बोधन गर्नेगरी सरकारले ध्यान दिनुपर्ने उनले सुझाए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *