Sajhamanch Archive

सतासीधाम जेसीजद्वारा वृक्षारोपण

Published: in समाज by .

शिवसताक्षी । सतासीधाम जेसीजले १ हजार विरुवा रोपेको छ । विश्व वातावरण दिवसको अवसरमा, जेसीजले शिवसताक्षी नगरपालिका ११ वटै वडाका १४ स्थान तथा बजार र २ सामुदायिक विद्यालयमा विभिन्न प्रजातिका १ हजार भन्दा बढी बिरुवा रोपेको हो ।

नेपाल सरकारको सन् २०१५–२०३० को दिगो विकासका १७ लक्ष्यहरु मध्ये १३ नम्बरमा लक्ष्यमा रहेको जलवायु परिवर्तनको प्रभाव र असरलाई न्यूनिकरण उदेश्य स्वरुप नेपाल जेसीजको राष्ट्रिय अभियान “एक बिरुवा, मेरो जिम्मेवारी” अन्तर्गत रहेर बृक्षारोपण गरिएको सतासीधाम जेसीज वर्तमान अध्यक्ष कुमारसिह साँवाले जानकारी दिए । जसमा शिवसताक्षीका धरमपुर, शुक्रेबार, मंगलबारे, पाराबारी, बोलोचौक, जनता बजार, पाँचगाछी, शिवगञ्ज, चन्द्रडाँडागी, व्याङ्गडाँडा, डुडाँमारी, झिलझिले, दुधे, माईधार गरी १४ स्थानमा विरुवा रोपेको छ ।

बृहत वृक्षारोपण कार्यमा शिवसताक्षी नगरपालिकाका नगर उपप्रमुख भोजकुमारी नेपाल, वडा नं. १ का अध्यक्ष सुबास राई, वडा नं. ८ का अध्यक्ष केहरसिंह बस्नेत, नगरसभा सदस्यहरु भाष्कर सिटौला, मन बहादुर श्रेष्ठ, नारायण प्रसाद रिजाल, राष्ट्रिय रमणीय आदर्श मा. वि. प्रधानाध्यापक काली प्रसाद रिजाल, सतासीधाम जेसीज, वर्ष २०२० का सल्लाहकार संंयोजक पुष्पलाल पाण्डे लगायतको उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रम सतासीधाम जेसीज, वर्ष २०२० का महासचिव जेसी विवेक ढकाल र क्षमता विकास संयोजक जेसी पदम कुँवरले संयोजन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *