Sajhamanch Archive

अर्जुनधाराका दुईसहित थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ।

आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन्। जसमा २०९ जना पु्रुष र ४ जना महिला रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *