Sajhamanch Archive

मोरङको गोठगाउँमा सञ्चालनमा आयो कोरोना अस्पताल

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

विराटनगर । कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढ्न थालेपछि प्रदेश १ सरकारले मोरङको गोठगाउँमा कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ ।

यसअघि विराटनगर र धरानमा कोरोना अस्पताल सञ्चालन गरिरहेको छ । अहिले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा नयाँ अस्पताल सञ्चालनमा ल्याएको हो यहाँ ५२ जनालाई भर्ना गरिएको छ ।

उनका अनुसार यहाँ संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएकाहरुलाई गोठगाउँमा राख्ने प्रदेश सरकारको तयारी छ ।

साथै संक्रमितको भर्ना अनलाइन प्रणालीबाट हुनेछ । ‘संक्रमितले वेड वुक गरेपछि वेड नं. र वेडको लोकेसनका आधारमा भर्ना हुनेछन्’ उनले भने ‘संक्रमण देखिएको स्थानबाट एम्वुलेन्सले अस्पताल ल्याएर छाड्ने र संक्रमित सोझै वेडमा पुग्ने गरी व्यवस्थापन मिलाइएको छ ।’

अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यवस्थापन टिम तयार गरिएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापन नेपाली सेनाले हेर्छ ।

अस्पताल तत्काल ७४ बेड क्षमताको छ । केही दिनभित्र बेड संख्या १२५ पूर्‍याइने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *