Sajhamanch Archive

दुवै मृगौला खराब भएका मेचेलाई वत्सलादेवीको सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । दुवै मृगौला खराव भएर उपचारका क्रमममा अस्पतालमा रहेका मेचीनगर–११ धाइजनका नरेन्द्र मेचेको परिवारलाई वत्सलादेवी फाउण्डेशन मेचीनगरले आर्थिक सहयोग गरेको छ ।

ललीतपुरको निदान अस्पतालमा डाइलोसिस गराइरहेका मेचेको मृगौला प्रत्यारोपणका लागि फाउण्डेशनले ९० हजार आर्थिक सहयोग गरेको हो ।

फाउण्डेशनले आइतवार पीडित परिवारको घरमै गएर फाउण्डेशनका तर्फबाट क्यान महासंघ झापा अध्यक्ष लक्ष्मी खनालले सो रकम हस्तान्तरण गरेका हुन् । मेचीनगर–११ का वडा अध्यक्ष सन्तोषकुमार मेचेको रोहवरमा परिवारलाई चेक हस्तान्तरण गरेका थिए ।
पीडित मेचेलाई उनकै श्रीमतीले पुर्णिमाले मृगौला दिने भएपछि प्रत्यारोपण गर्दा लाग्ने खर्चका लागि मेचे परिवारले सवैसँग सहयोग मागेको छ । स्थानीयले नरेन्द्र मेचे वचाउ सहयोग समिति बनाई सहयोग जम्मा गर्दै आएका छन् ।

अभियानको नाममा एनआइसी एसिया बैंकमा खाता खोली सकेको सहयोग गरिदिन सवैलाई अनुरोध गरिएको अभियानका संयोजक नेत्र अधिकारीले जानकारी दिए । मेचीनगरको प्रत्येक वडामा अभियान सञ्चालन गरिएको जनाउँदै संयोजक अधिकारीले एनआइसी एसिया बैंकको खाता नम्बर सी ९८७९६१३७२३५२४०१ मा सकेको सहयोग गरिदिन आग्रह समेत गरे ।

बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा परिक्षण गर्दा मेचेको मृगौला खराव भएको पत्ता लागेको पिडीतका छोरा सन्तोष मेचेले बताए । मेचेको भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गरिने परिवारले जनाएको छ । त्यसका लागि करिव १८ लाख खर्च लाग्ने पारिवारिक स्रोतले जनाएको छ ।

कार्यक्रममा फाउण्डेशनका सल्लाहकार हरिचरण वानियाँले संस्थाका वारेमा जानकारी दिएका थिए । वत्सलादेवी देउजाको २०६६ सालमा मृत्यु भएको थियो । उनको स्मृतिमा २०६९ सालमा संस्थाको स्थापना गरी विपन्न, दीर्घरोगी, रोगी, दैविकप्रकोपमा परेकालाई सहयोग गर्दै आएको वाँनियाले बताए । संस्थाका अध्यक्ष तथा वत्सलादेवीका छोरा नेत्रकुमार देउजा अस्ट्रेलियामा रहँदै आए पनि कुनै पनि गाउँघरमा परेको समस्यामा सहयोग गर्दै आएका उनले बताए ।

कार्यक्रममा संस्थाकी सदस्य तथा वत्सलादेवीकी बुहारी हिमादेवी देउजा, संस्थाका सदस्य तथा नाती, सुरेन्द्र देउजा, शान्ति चिमरिया, मनोज बाँनियालगायतको उपस्थिति रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *