Sajhamanch Archive

चालिस कटेसी हुनसक्ने शारीरिक समस्या

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by .

हाम्रो शारीरिक अवस्था सधै एकनास रहँदैन । बाल्यकाल हुँदै किशोरावस्था हाम्रो शारीरिक विकासको चरण हुन् । यस अवधीमा शरीरका अंगहरु बढ्ने, परिवर्तन हुन, बलियो हुने क्रम चल्छ । त्यसपछिका अवधिमा यस किसिमको विकास क्रम धिमा हुन्छ । र, एउटा चरणपछि भने हाम्रो शरीरका अंगहरु कमजोर र शिथिल हुन थाल्छ ।

खासगरी चालिस बर्ष पार गरेपछि केही न केही स्वास्थ्य समस्या देखापर्ने गर्छ । जस्तो कि, उच्च रक्तचाप, मधुमेह । त्यसैले चालिस बर्ष पार गरेसँगै खानपानदेखि जीवनशैलीसम्म परिवर्तन गर्नुपर्ने हुन्छ ।

रक्तचाप

चलिस बर्षपछि हामीले आफ्नो रक्तचाप सही एवं सन्तुलित छ वा छैन भनेर चासो राख्नैपर्छ । किनभने यो उमेरपछि रक्तचाप घटबढ हुने संभावना रहन्छ । खासगरी रक्तचाप बढ्ने संभावना देखिन्छ । त्यसैले चासिल बर्ष पार गरेपछि उच्च रक्तचाप जाँच गराउनुपर्छ ।

रक्तचाप बढेको छ र त्यसलाई बेवास्ता गरिन्छ भने अन्य स्वास्थ्य समस्या निम्तने खतरा रहन्छ । जस्तो कि, पक्षघात, मुटु रोग, हृदयाघात, स्ट्रोक तथा मृगौला सम्बन्धि जटिल रोग लाग्नसक्छ ।

थाइराइड

अचानक तौल बढ्नु, मनस्थितिमा परिवर्तन आउनु, तनाव हुनु थाइराइडको लक्षण हो । विशेषगरी ३५–४० बर्षपछि महिलालाई थाइराइडको खतरा रहन्छ । थाइराइड जाँच गर्न रक्त परीक्षण आवश्यक छ ।

कोलेस्ट्रोल

निश्चित उमेरपछि मानिसमा देखिने विभिन्न समस्यामध्ये कोलेस्ट्रोल पनि एक हो । विलासी,जीवनशैली तथा गलत खानपनका कारण रगतमा उच्च कोलेस्ट्रोलको समस्या देखिन्छ, जसले मुटु सम्बन्धी विभिन्न समस्या ल्याउँछ ।

मधुमेह

उमेर ढल्कदै गएपछि दुःख दिने अर्को समस्या हो, मधुमेह । हुन त गलत खानपान तथा बद्लिदो जीवनशैलीका कारण थुप्रैलाई मधुमेहको समस्या देखिन थालेको छ । यद्यपि उमेर ढल्कदै गएपछि पनि मधुमेहको जोखिम रहन्छ । मधुमेहको भएमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ ।

शरीरले खानालाई शक्तिमा परिणत नसक्दा इन्सुलिनको कमी हुन थाल्छ, जसका कारण अन्य धेरै समस्या निम्तन्छन् ।

स्तन तथा पाठेघर क्यान्सर

उमेर ढल्कदै जाँदा महिलाहरुले स्तन र पाठेघरको क्यान्सरबारे सर्तक हुन जरुरी छ । चालिस बर्ष पार गरेपछि यी समस्याहरु देखापर्न सक्छ । त्यसैले चालिस बर्ष पार गरेकाहरुले कुनै लक्षण वा समस्या नदेखिएपनि स्तन र पाठेघर क्यान्सरको जाँच गराउन आवश्यक छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *