लकडाउन खुकुलो बनाउने मोडालिटी अझै टुंगिएन
Published: (Updated: )
by .काठमाडौं । लकडाउन खुकुलो बनाउने मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएको छ । तर मध्यरातमा सकिएको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लकडाउन खुकुलो बनाउने पाँच चरणको कार्ययोजना पेश भएको थियो ।
तर कोरोना संक्रमणको अवस्थाबारे थप विश्लेषण गरेर भोलि फेरि छलफल गर्ने सहमति भएको एक मन्त्रीले जानकारी दिए ।
बैैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि कार्ययोजनामाथि छलफल जारी रहने बताएका छन् ।
स्रोत : अनलाइनखबर
Comments