Sajhamanch Archive

लकडाउन खुकुलो बनाउने मोडालिटी अझै टुंगिएन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । लकडाउन खुकुलो बनाउने मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएको छ । तर मध्यरातमा सकिएको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लकडाउन खुकुलो बनाउने पाँच चरणको कार्ययोजना पेश भएको थियो ।

तर कोरोना संक्रमणको अवस्थाबारे थप विश्लेषण गरेर भोलि फेरि छलफल गर्ने सहमति भएको एक मन्त्रीले जानकारी दिए ।

बैैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि कार्ययोजनामाथि छलफल जारी रहने बताएका छन् ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *