Sajhamanch Archive

चौबिसै घण्टा खुल्ने स्मार्ट पेट्रोल पम्प बनाउँदै आयल निगम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल आयल निगमले चौबिसै घण्टा खुल्ने स्मार्ट पेट्रोल पम्प बनाउने भएको छ ।

निगमले काठमाडौंमा नमूना पेट्रोल पम्प चलाउने योजना बनाएको जनाएको हो । काठमाडौंमा चौबिसै घण्टा सेवा दिने पम्पहरु सञ्चालनमा नरहेको पनि जनाएको छ ।

आयल निगमका सञ्चालक समितिका अध्यक्ष तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले आयल निगमले उपत्यकामा हरेक समय सेवा दिने गरी पट्रोल पम्प सञ्चालन गर्नुपर्ने प्रस्ताव अघि सारेको जनाएका छन् ।

प्रत्येक प्रदेशमा पनि निगमकै स्वामित्वमा एक–एक वटा नमूना पेट्रोल पम्प सञ्चालन गर्ने योजना रहेको निगमले जनाएको छ ।

आयल निगमका अनुसार दुई पटक गरेर माग गरिएको आवेदनमा ९५ व्यवसायीले आवेदन बुझाएका थिए । नमूना पम्पका लागि काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाट जम्मा ३ वटामात्र आवेदन परेको थियो ।

नमूना पम्प स्थापनाका लागि हालसम्म जम्मा १० व्यवसायीलेमात्र निगमबाट स्वीकृति लिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *