Sajhamanch Archive

सुकिला–मुकिला बच्चामा रोगको खतरा ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by .

हामीलाई लाग्छ, बालबच्चालाई हिलो–मैलोबाट अलग राखेमा उनीहरु स्वस्थ्य एवं निरोगी हुन्छन् । त्यही कारण उनीहरुलाई माटोमा खेल्न, पानीमा भिज्न, हिलोमा लडीबुडी गर्न छुट दिदैनौं । फोहोर–मैलाको सम्पर्कमा जान दिदैनौं । सफासुग्घर वा सुकिलो मुकिलो राखेपछि उनीहरु निरोगी हुन्छन् भन्ने लाग्छ ।

तर, उदेगलाग्दो कुरा के छ भने यसरी घरभित्र सुकिला मुकिला बनाएर राखिएका बालबच्चामा रोगको खतरा बढी हुन्छ । उनीहरुलाई सानोतिनो रोगले समेत सहजै गाँज्न सक्छ । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यसैको नतिजा हो, अहिले धनाड्य वर्गका बालबच्चाहरुमा रक्त क्यान्सर बढी देखिएको । फोहोर मैला वा धुलो माटोबाट अलग गरी सुकिलोमुकिलो बनाएर हुर्काइएको बच्चाहरुमा यस्तो रोगको जोखिम देखिएको हो ।

पछिल्लो अध्ययनले भन्छ, ‘जीवाणुमुक्त जीवनशैली’को कारण बच्चाहरुमा केही प्रकारको क्यान्सरको खतरा छ । किन यस्तो हुन्छ त ?

जीवाणुको प्रकार

सामान्यत जीवाणु भन्नसाथ रोग निम्त्याउने कारक मानिन्छ । तर, मानिसको स्वास्थ्यमा भने दुई किसिमको जीवाणु पाउन सकिन्छ । एक, खराब जीवाणु जसले शरीरमा अनेक किसिमको संक्रमण निम्त्याउँछ । अर्को चाहि ‘असल जीवाणु’ जसले प्रत्यक्ष रुपमा शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

जीवाणुसँग लडेर प्रतिरक्षा प्रणाली बलियो

हाम्रो शरीरमा यस्तो प्रणाली हुन्छ, जसले रोगसँग लडेर हामीलाई सुरक्षित राख्न मद्दत गर्छ । अर्थात हाम्रो प्रतिरक्षा प्रणालीले शरीरलाई रोग लाग्नबाट सुरक्षा प्रदान गर्छ ।

अतः प्रतिरक्षा प्रणाली बलियो हुनुमा राम्रो जीवाणु मात्र होइन, खराब जीवाणुको उपस्थिती पनि अहंम मानिन्छ । खाने, खेल्ने, हिँडने, काम गर्ने आदि क्रममा हामी खराब जीवाणुको सम्पर्कमा पुग्छौं । थरीथरीका यस्ता जीवाणुसँग जति धेरै जुध्न, लड्न पाउँछ, हाम्रो शरीरको प्रतिरक्षा प्रणाली उत्तिनै बलियो हुँदै जान्छ ।

जब हामीले बच्चालाई सुकिलो मुकिलो राख्छौं, उनीहरुको शरीर खराब जीवाणुको सम्पर्कमा पुग्दैन । त्यही कारण उनीहरुको प्रतिरक्षा प्रणालीमा जीवाणुसँग लड्ने क्षमता विकास हुन पाउँदैन ।

के भन्छ शोध ?

शोधका अनुसार आधुनिक एवं उच्च बर्गमा ब्लड क्यान्सर बढी पाइएको छ । यसको कारण यो हुनसक्छ कि, आधुनिक जीवनशैली यो रोगको कारण हो । अनुसन्धानकर्ताका अनुसार जन्मिएको पहिलो बर्ष यदि शिशु ‘असल जीवाणु’ र केही ‘खराब जीवाणु’को सम्पर्कमा रहन पाएन भने, उनीहरुको प्रतिरक्षा प्रणाली यस किसिमको भाइरससँग लड्नका लागि सक्षम हुँदैन । यही कारण जब अचानक बच्चा कुनै जीवाणुको सम्पर्कमा आउँछन्, जब उनीहरुको प्रतिरक्षा प्रणाली फेल हुन्छ र केही समस्या देखापर्न थाल्छ ।

ल्यूकीमियाको खतरा

प्रतिरक्षा प्रणाली कमजोर भएपछि जुन क्यान्सरको सबैभन्दा बढी खतरा हुन्छ, त्यो हो ल्यूकीमिया । यो रगतसँग जोडिएको एक क्यान्सर हो, जो कमजोर प्रतिरक्षा प्रणाली भएका बच्चामा कुनै किसिमको संक्रमणले फैलन सक्छ । यसको सबैभन्दा खतरा २० बर्षभन्दा कम उमेरको बच्चामा हुन्छ । अहिले धेरैजसो ल्युकिमियाको कारण बच्चाहरुको मृत्यु दर बढेको छ ।

ध्यान राख्नैपर्ने कुरा

यो अध्ययनबाट के थाहा भएको छ भने, बालबच्चालाई धेरै सरसफाई राख्ने चक्करमा उनीहरुको प्रतिरक्षा प्रणाली नै कमजोर हुनपुग्छ । किनभने उनीहरुको प्रतिरक्षा प्रणालीले ब्याक्टेरियासँग लड्ने क्षमता गुमाउँछ । यसो भन्दैमा बच्चालाई फोहोर,मैलामा राख्नुपर्छ भन्ने होइन । यद्यपि बच्चालाई धेरै कृतिम रुपमा हुर्काउने, माटो, पानी, झार, जंगलको सम्पर्कमा जानै नदिने गर्नु हुँदैन । उनीहरुलाई सकेसम्म प्राकृतिक रुपले हुर्कने वातावरण मिलाउनु पर्छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *