Sajhamanch Archive

धुमधामका साथ भइरहेको विवाह रोकियो

Published: in मिडियाबाट साभार, समाज by .

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नं.९ लोखिममा धुमधामका साथ भइरहेको बालविबाह रोकिएको छ।

आइतबार तामझामका साथ दुलहीको घरमा जन्ती आएको सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भुपालसिं राईले बताए।

वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय किशोर र १६ वर्षीया किशोरीबीच मञ्जुरीमा नै विवाह भइरहेको थियो। प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइ बुझाइ विवाह रोकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

मुलुकी अपराध संहिता २०७४ मा २० वर्ष नपुगी मञ्जुरीमा नै विवाह गरिए पनि त्यो कानुन विपरीत मानिन्छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *