Sajhamanch Archive

विश्वमा कोरोना: ४ लाख ५ हजारको मृत्यु, ७० लाख बढी संक्रमित

Published: in विश्व समाचार by .

काठमाडौं  । विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ ।

वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ५ हजार २ सय ९४ पुगेको छ ।

संक्रमित हुने मानिसको संख्या ७० लाख ८६ हजार ३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख १२ हजार ६८९ जना नयाँ संक्रमित थपिएका छन् ।

३२ लाख २० हजार ५०० जनाको उपचार भइरहेकोमा ५३ हजार ७५८ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३५ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ७८ हजार ५९ पुगेको छ ।

त्यसमध्ये ९ लाख २५ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *