Sajhamanch Archive

प्रिसिजन टुरको पहिलो खेलमा बार्सिलोना विजयी

Published: (Updated: ) in खेलकुद, by .

साविक लालिगा च्याम्पियन बार्सिलोनाले नयाँ सिजन सुरु हुनु अघि अाइतबार बिहान भएको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलको पहिलो खेलमा इन्ग्लिश क्लब टोटेनहमलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दे विजयी सुरुवात गरेको छ।

अमेरिका भ्रमणमा रहेका दुवै टिमले निर्धारित ९० मिनेटमा २ – २ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट लिएको हो। पेनाल्टी सुटआउटमा बार्सिलोनाका पाँच खेलाडीले पेनाल्टी गोल गरे भने टोटेनहमका तीन खेलाडीले गोल गरेका थिए। क्यालिफोर्नियामा दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना पेनल्टी सुटआउटसम्म पुग्नु परेको थियो।

१५ औं मिनेटमा म्युनिर इल हडादीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। २९ औं मिनेटमा अर्थरले बार्सिलोनाको अग्रता दोब्बर बनाए। तर बार्सिलोनाले दोस्रो हाफमा अग्रता जोगाउन असफल भयो। ७३ औं मिनेटमा ह्युन मिन सनले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काए।

त्यसपछि खेलको ७५औँ मिनेटमा टोटेनहमका जर्जेस एनकोउडुले गोल गर्दै खेल २ – २ गोलको बराबरीमा ल्याएका थिए। बार्सिलोना तथा टोटनह्यामले आफ्नो चर्चित स्टारलाई भने मैदानमा उतारेका थिएनन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *